१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमालेको अवरोधबीच विनियोजन विधेयक २०७८ स्वीकृत



काठमाडौं । एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी सुरु गरेका थिए । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

छलफलमा नेमकिपा सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । उनले पनि विधेयकबाहिर गएर आफ्नो भनाइ राखेका थिए । त्यसपछि अर्थमन्त्री शर्मालाई छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

र, विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरे र बहुमतका आधारमा पारित भएको घोषणा गरे ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १ : २८ बजे

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन