१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको अवरोधबीच विनियोजन विधेयक २०७८ स्वीकृत



काठमाडौं । एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी सुरु गरेका थिए । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

छलफलमा नेमकिपा सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए । उनले पनि विधेयकबाहिर गएर आफ्नो भनाइ राखेका थिए । त्यसपछि अर्थमन्त्री शर्मालाई छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

र, विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरे र बहुमतका आधारमा पारित भएको घोषणा गरे ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १ : २८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्