६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित



काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आजको बैठकमा सभामुख सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । तर, एमाले सांसदको अवरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेका थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । विनियोजन विधेयक बहमुतले स्वीकृत भएपछि सभामुख सापकोटाले अर्को बैठक असोज ४ गतेसम्मको लागि स्थगित गरेका हुन् ।

विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १ : ३९ बजे

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)