७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रिय जनगणना २०७८ : आजबाट घर तथा परिवारको सूचीकरण गरिँदै



काठमाडौं । १२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आजदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २९८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ वटै जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने जानकारी दिए । सूचीकरणमा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत गणना गरिनेछ ।

मूल जनगणना भने ५ कात्तिकदेखि ९ मंसिरसम्म हुनेछ । मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् । यसअघि १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाठ मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०/१० मा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । जसलाई ‘जनगणना २००९/११’ भनिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ३१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२