६ पुस २०८२, आइतबार | December 22, 2025

तीन जनता तीन बस



विराटनगर । मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् ।

जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता माध्यमिक विद्यालय बेलबारी-८ ले दुई वटा बस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका छन् भने जनता मावि बाहुनि बेलबारी-९ ले नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खरिद गरेका हुन् ।

यस्तै बेलबारी-८ वलुवाईको एक सामुदायिक विद्यालयले भने आन्तरिक कोषबाट आफै बस खरिद गर्न लागेको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाका अनुसार बस विद्यालयले आफै खरिद गरेका हुन् ।

नगरपालिकाले समन्वय गरेर स्रोत जुटाइदिएपछि विद्यालयहरूले आफै बस खरिद गरेका हुन् । सामुदायिक विद्यालय प्रति विद्यार्थी र अविभावकको आकर्षण बढ्न थालेपछि विद्यार्थीलाई सहुलित दिनका लागि विद्यालयहरूले बसको सेवा थपेका हुन् । विद्यार्थीको चाप बढेपछि विद्यालयले बस संचालनमा ल्याएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताए ।

सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि विद्यालय समायोजनसम्मको काम सकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्ययोजना तयार गरी लागु गरिएको नगरपालिले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ को परीक्षासमेत नगरपालिकाले आफै गराइरहेको छ ।

कक्षा ८ को परीक्षासमेत एसईईको नमूनाअनुसार होमसेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरिएको कोइरालाले जानकारी दिए । उनले कापी परीक्षणमासमेत कोड-डिकोड गरी एक अर्को विद्यालयको विषय विज्ञद्वारा परीक्षण गराउने गरिएको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको