१ आश्विन २०८३, बिहिबार | September 17, 2026

साइकल यात्रु साहको मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार



विराटनगर । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा निधन भएपछि क्षतिपूर्तिको माग गर्दै आफन्तजन विरोधमा उत्रिएका छन् ।

ना ४ ख २४८३ नं को ट्रकले हिजो साँझ ठक्कर दिँदा घाइते भएका साइकल यात्री साहको उपचारका क्रममा आज बिहान मृत्युपछि क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रिएका हुन् ।

विरोधका क्रममा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रृग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । हाल त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : ३० बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको