७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो



काठमाडौं । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयरकर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ बिन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको थियो । सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको हो ।

त्यस्तै, बैंकिङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटल एन्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बिमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको हो ।

त्यसैगरी, अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव शून्य ७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ५ दशमलव शून्य ७ प्रतिशत, म्युचुअल फन्ड समूहको ३ दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको हो ।

कारोबार रकमका आधारमा सोमबार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ६५ लाख ३१ हजारको सेयर खरिदबिक्री भएको छ । कम्पनीको अन्तिम सेयर मूल्य ६ सय १ कायम भएको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको प्रतिकित्ता ६ हजार ६ सय ४५ मा २२ करोड ५५ लाखबराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम सेयरमूल्य ९८९ दशमलव ८० कायम भएको छ ।

गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयरमूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनरको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।

१ असोजदेखि लागू हुनेगरी बैंकहरूले ब्याजदर बढाइसकेका र ब्याजदर अझै बढ्ने अनुमान गरिए पछि खासगरी सर्वसाधारण हतोत्साही भएको देखिएको छ । बैंकहरूले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण सेयर कारोबारमा भन्दा पनि बैंकको ब्याजमा आकर्षित भएको देखिएको छ ।

कोरोना महामारीका कारण गत साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता रहेको थियो । तर, भदौदेखि लकडाउन खुकुुलो हुन थालेपछि तरलताको अभाव हुँदै ऋणको माग बढ्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा अहिले २० अर्ब रुपैयाँ मात्रै तरलता रहेको देखिएपछि बैंकहरूले बढी ब्याज दिँदै निक्षेप संकलन गर्न थालेका छन् ।

बजारमा तरलताको अभाव हुँदा जसल सेयर होल्ड गर्न सक्छ उसले नै फाइदा उठाउने भएकाले ठूला लगानीकर्ताहरूले सेयर बजार होल्ड गर्न थालेका छन् । सर्वसाधारण डराउँदै बेच्दै जाँदा नेप्से २५ सय अंकसम्म झरी पुनः ठूला लगानीकर्ताले तिहारपछि बेच्दै गई नाफा कमाउन सक्ने आँकलन गरिएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल