८ बैशाख २०८१, शनिबार | April 20, 2024

घरेलु मैदानमा हारबाट जोगियो बार्सिलोना



काठमाडौं । डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १-१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १-० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए ।

यसअघि खेलमा अग्रता भ्रमणकारी टोली ग्रानाडाले बनाएको थियो । ग्रानडाको लागि दोस्रो मिनेटमा कौटिन्हो मेनेसेस डुआर्टेको गोल गरेका थिए ।

स्टार खेलाडी लियोनल मेस्सी बार्सिलोना छाडेर पिएसजी लागेपछि बार्सिलोना खराब लयमा रहेको छ । यद्यपि बार्सिलोना स्पेनिस लिगमा अपराजित छ । उसले ४ खेलबाट ७ अंक जुटाएको छ । तालिकामा सातौं स्थानमा छ ।

ग्रानाडा भने जितविहीन हुँदै तीन अंकसहित तालिकाको १७औं स्थानमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस