२६ माघ २०८२, सोमबार | February 9, 2026

नेपाली रेलको बिजोग : सञ्चालनमा नआउँदै सकियो ‘वारेन्टी’



धनुषा । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ ।

रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए ।

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याइ नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिनदेखि धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको छ ।

खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताए । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठिकै देखिन्छ भन्दै महाप्रबन्धक झाले थपे, ‘कानुन अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानुन आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइनेछ ।

किनिएको दुवै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा आउन भने अझै समय लाग्ने झाले बताए । खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानीय बताउँछन् । वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नुपर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु निर्माण कम्पनीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मी चौधरीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ०४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको