२६ माघ २०८२, सोमबार | February 9, 2026

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने



काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक कुमार लाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ । फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा.लालले भने, “सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।”

नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ४५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको