२० बैशाख २०८१, बिहिबार | May 2, 2024

द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा



काठमाडौं । सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ । ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा कूटनीतिक नियोगबाट प्रवेशात्रा लिनुपर्ने विभागले जनाएको छ ।

विभागले अनअराइल भिसाका लागि कोरोनाको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको र स्थलमार्गबाट आगमन हुनेको हकमा नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण आवश्यक पर्ने जनाएको छ ।

पर्वतारोह र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी, नेपालमा होटल बुक गरेको प्रमाण आवश्यक पर्ने विभागले जनाएको छ । मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ अनुसार यात्रुको आवागमन सम्बन्धमा नयाँ व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यस्तै, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक नपर्ने विभागको सूचनामा उल्लेख छ । पाँच वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका बालबालिकको हकमा अन्य व्यवस्था नेपाली वा विदेशी नागरिक सरह हुने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ४७ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन