१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सरकारको विकास अनुगमन गर्ने महाशाखा नै निष्क्रिय



काठमाडौं । सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए/नभएको अनुगमन तथा मूल्यांकन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखा निष्क्रिय अवस्थामा छन् । अनुगमन महाशाखा नै निष्क्रिय भएकाले सरकारका विकास तथा निर्माण कार्यले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

वर्षौंदेखि मन्त्रालयमा स्थापना गरिएका अनुगमन तथा मूल्यांकन महाशाखा मन्त्रालयको अनाकर्षक महाशाखा पनि हो । यो महाशाखामा जोकोही सहसचिव जान मान्दैनन् । हाल रहेका २१ वटा मन्त्रालयमध्ये कतिपयमा अनुगमन महाशाखा मात्रै रहेको छ भने कतिपयमा योजना तथा अनुगमन शाखा नाम दिइएको छ ।

मन्त्रालयमा रहेका अनुगमन महाशाखाहरू निष्क्रिय हुँदा हाल पनि ती मन्त्रालयको कार्यसम्पादन नै कमजोर हुन पुगेको ठहर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । अनुगमन महाशाखा निष्क्रिय र नाम मात्रकै हुन पुग्दा सिंगो सरकारको कार्यसम्पादन पनि सशक्त नभएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

सबै मन्त्रालयको कामको समीक्षा र अनुगमन गर्ने जिम्मेवारीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही वर्षअघि मात्रै अनुगमन महाशाखा निष्क्रिय र नाम मात्रैको हुँदा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन हुन नसकेको तथा बजेटको वास्तविक उपयोग हुन नसकेको निष्कर्ष निकालेको थियो । त्यस्तो निष्कर्ष प्रधानमन्त्री कार्यालयले निकालेको भए पनि मन्त्रालयका अनुगमन महाशाखालाई सशक्त बनाउन कार्यालयले प्रभावकारी योजना ल्याउन सकेको थिएन ।

प्रधानमन्त्री कार्यालयका अनुसार भौतिक मन्त्रालय, अर्थ, कृषि, ऊर्जा, पर्यटन, भूमि, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, खानेपानी, स्वास्थ्य, सहरी विकास, वन तथा वातावरण, श्रम तथा रोजगार, महिला तथा बालबालिकालगायतका मन्त्रालयमा रहेका योजना, मूल्यांकन तथा अनुगमन महाशाखा निष्क्रिय अवस्थामा हुँदा सरकारको विकास कार्यक्रमले सार्थकता पाउन नसकेको हो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर