२९ असार २०८२, आइतबार | July 13, 2025

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रापालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के।सी। र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रापालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : ५४ बजे

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको

रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लगिन्छ : महासचिव प‍ोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट

एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्नेहरूको कामना पुरा हुँदैन : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले