२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई पेको दसैँ झट्का: हवाई टिकट खरिदमा ५०% क्यासव्याक पाइने



काठमाडौ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे‘ को दसैँको झट्का स्कीम सार्वजनिक भएको छ ।
अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु हुनेछ । यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ ।

क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् ।

आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १० : १३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय