३ भदौ २०८३, बुधबार | August 19, 2026

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदर माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता विशाल न्यौपानले खड्को शपथ संविधानको व्यवस्था विपरित भएको भन्दै बदरको माग गर्दै रिट दायर गरेका हुन् ।

यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका खड्का यतिबेला राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा छन् ।

अधिवक्ता न्यौपानेले संविधानको धारा ८० बमोजिम संघीय कानून नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भन्दै अन्तरिम आदेश माग गरेका छन् । उनले कानून नबनेसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन समेत माग गरेका छन् ।

रिटमा भनिएको छ, ‘…संघीय कानुनबमोजिमु हुनुपर्नेमा कुनै पनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोहीबमोजिम शपथ ग्रहणका लागि यो निवेदन लिई उपस्थित भएको छु ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/Oath.pdf”]

 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ३५ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत