६ श्रावण २०८३, बुधबार | July 22, 2026

मानब बेचबिखन मुद्धामा २० बर्ष कैद फैसला भएका फरार कसुरदार १२ वर्ष पछी पक्राउ



महेन्द्रनगर । मानब बेचबिखन तथा ओसार पसार मुद्दामा कसुरदार ठहरिएका एकजनालाई अदालतबाट फैसला भएको १२ वर्ष पछि कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको मिति २०६६जेठ २५ गतेको फैसलाले २० बर्ष कैद र २ लाख जरिवाना सजाय
फैसाला भई फरार रहेका जिल्ला कञ्चनपुर साबिक पिपलाडी का ४५ वर्षिय गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६४ साल असाढ २ गते जिल्ला कञ्चनपुर साबिक पिपलाडी २ बस्ने एक जना महिलालाई बिबाहको प्रलोभन देखाई ललाई फकाई गरी भारतको नयाँ दिल्ली पुर्‍याई बेचबिखन गरेको कसुरमा जोशीलाई अदालतले सजाँय सुनाएको थियो । अदालतको आदेशसँगै जोशी फरार भएका थिए ।

जोशीले ती महिलालाई नयाँ दिल्लीमा डेरा गरि बस्ने नेपाली मुलकी एक महिलाको सहयोगमा स्थानीय महिलालाई बेचबिखन गरेको अदालतले ठहर गरेको थियो । फरार रहेका जोशी आफ्नै घरमा आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

पक्राउ परेका जोशीलाई अदालतमा बुझाइएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरेको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ३५ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय