१५ बैशाख २०८१, शनिबार | April 27, 2024

मानब बेचबिखन मुद्धामा २० बर्ष कैद फैसला भएका फरार कसुरदार १२ वर्ष पछी पक्राउ



महेन्द्रनगर । मानब बेचबिखन तथा ओसार पसार मुद्दामा कसुरदार ठहरिएका एकजनालाई अदालतबाट फैसला भएको १२ वर्ष पछि कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको मिति २०६६जेठ २५ गतेको फैसलाले २० बर्ष कैद र २ लाख जरिवाना सजाय
फैसाला भई फरार रहेका जिल्ला कञ्चनपुर साबिक पिपलाडी का ४५ वर्षिय गणेश प्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६४ साल असाढ २ गते जिल्ला कञ्चनपुर साबिक पिपलाडी २ बस्ने एक जना महिलालाई बिबाहको प्रलोभन देखाई ललाई फकाई गरी भारतको नयाँ दिल्ली पुर्‍याई बेचबिखन गरेको कसुरमा जोशीलाई अदालतले सजाँय सुनाएको थियो । अदालतको आदेशसँगै जोशी फरार भएका थिए ।

जोशीले ती महिलालाई नयाँ दिल्लीमा डेरा गरि बस्ने नेपाली मुलकी एक महिलाको सहयोगमा स्थानीय महिलालाई बेचबिखन गरेको अदालतले ठहर गरेको थियो । फरार रहेका जोशी आफ्नै घरमा आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

पक्राउ परेका जोशीलाई अदालतमा बुझाइएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरेको डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ३५ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।