१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जुम्लामा चट्याङले ४० भेडा मरे



खलङ्गा । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताए ।

सो गाउँपालिका-४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको दुई घाइते, मुनबहादुर भण्डारीका चार मृत्यु दुई घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेको सात घाइते र देवीप्रसाद अधिकारीको नौ मृत्यु, चार घाइते भएको इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताए । चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै निकै प्रभावित बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । उनले भने, ‘यो क्षेत्रको अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो ।’

भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेरमात्र राहतको कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल पर्ने गुठीचौर गाउँपालिकाका स्थानीयवासी बताउँछन । ठूलो मात्रामा क्षति भएपछि भेडापालक किसानले राहतको माग गरेका छन ।

जुम्लामा विसं २०७० मा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब ७०० भेडाबाख्रा मरेका थिए भने विसं २०७७ मा ५०० भेडा मरेको तथ्याङ्क रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ४८ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी