१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विद्यालय खुलेको १५ दिनमै पुनः बन्द



वालिङ । दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्याङ्जाको एक विद्यालय पुनः बन्द भएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि बन्द गरिएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिका-६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिए ।

‘कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा कोरोना परीक्षण गर्‍यौँ,’ बस्ताकोटीले भने, ‘ती छात्रामा कोरोना पुष्टि भएपछि उनीसँगै बसेका अन्य १० जना छात्रछात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो ।’

दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको उनले बताए ।

आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् ।

अन्य विद्यालयमा यस्तो समस्या नदेखिएकाले पठनपाठन कार्य नियमित सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताए । चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा छन् ।

कोभिड सङ्क्रमण देखिएको साँखर मोहमी माविमा कक्षा १ देखि १० सम्म कूल १७० जना छात्रछात्रा अध्ययनरत छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : ३९ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी