७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने



काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौँ अधिवेशनको नवौँ बैठक आज बिहीबार बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गरेकी थिइन् ।

आजको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नेछन् । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : १३ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८