१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा सर्तसहित फोहोर विसर्जन नगर्ने भएपछि राजधानीको फोहोर व्यवस्थापन अनिश्चित बनेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले काठमाडौं महानगरपालिकालाई विभिन्न सर्त राखी फोहोर विसर्जन गर्न पत्र पठाएपछि प्रतिउत्तरमा महानगरले यही अवस्थामा फोहोर विसर्जन गर्न नसकिने प्रस्ट पारेको छ ।

महानगरले ‘सरकारले अति गर्यो’ भन्दै तत्काल फोहोर विसर्जन नगर्ने भएको हो । शहरी विकास तथा भवन निर्माण विभागले महानगरले आधिकारिक निर्णय गरी वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्नुपर्ने र त्यसको दैनिक अनुगमन गरी गुणस्तरीय ढंगले फोहोर विसर्जन गर्नुपर्ने उल्लेख गरेपछि आक्रोशित महानगरले विभागको आदेश नमान्ने भएको हो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले सहयोगी निकायलाई ससर्त फोहोर विसर्जन गर्न आग्रह गर्नु गलत भएको टिप्पणी गर्दै अहिलेकै पत्रका आधारमा फोहोर व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे। उनले भने– ‘हामीले शहरी विकास विभागको आदेश मानेर फोहोर विसर्जन गर्नुपर्ने र यो त संघीय राजधानी र त्यससँंग जोडिएका स्थानीय निकायको समेत काम हो । तर हामीले मात्र ससर्त फोहोर व्यवस्थापन गर्न सक्दैनौं ।’

फोहोरमैला व्यस्थापन गर्न स्थान अभावलगायतको समस्या उत्पन्न भएको सन्दर्भमा कामपासहितको उपस्थितिमा शहरी विकास मन्त्रालयको सचिवको अध्यक्षतामा भएको बैठकले फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : ४६ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको