१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमालेले सर्वदलीय बैठक किन बहिष्कार गर्‍यो ? अरू को-को जाँदैछन् ?



काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेपनि संसद्‍मा प्रतिनिधित्व गर्ने अन्य दल भने सहभागी हुने भएका छन् ।

एमालेले आफूले हटाएका १४ सांसदलाई कारबाहीको सूचना टाँस गरी सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रसस्त नगरेसम्म संसद् गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सहभागी भएर संसद गतिरोध अन्त्यका लागि गरिने छलफलको कुनै औचित्य नभएकाले सहभागी नहुने बताए ।

उनले सभामुखसमेत यो प्रकरणमा दोषी रहेको भन्दै सभामुखले डाकेको छलफल पनि यसअघि बहिष्कार गरेको स्मरण गर्दै भने, ‘विगतमा सभामुखले डाकेको बैठकमा पनि गएनौँ, अहिले संसद् चलाउने विषयमा हुने भनिएको छलफलमा पनि हाम्रो सहभागिता रहँदैन ।’

एमालेले बहिष्कार गरेपनि सत्ता गठवन्धन दलका शीर्ष नेतासहित राप्रपा, नेमकिपा र लोकतान्त्रिक समाजवादी पार्टीले भने बैठकमा जाने बताएका छन् । अपराह्न ३ बजे डाकिएको बैठकमा संसद् गतिरोध हटाउने उपायमा छलफल गर्ने भनिएको छ । तर, संसद अवरोध गरिरहेको दल नै बैठकमा सहभागी नहुने भएपछि बैठकले कुनै निष्कर्ष निकाल्न सक्ने अवस्था भने छैन ।

बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले भने एमाले सहमतिमा नआउने अवस्था आए संसद् चलाउनुको औचित्य नहुने भन्दै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने निष्कर्ष निकालिसकेको सो पार्टीका नेता देव गुरुङले बताएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १० : २७ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज