१४ भदौ २०८३, आइतबार | August 30, 2026

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक आह्वान



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक आह्वान गरेका छन् ।

चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलहरूबीच संवाद नहुँदो अवस्थामा राष्ट्रपतिले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसमेत सहभागी हुने राष्ट्रपति कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनबारे सरकार र दलहरूबीच छलफल गर्न बैठक आह्वान गरेको बताइएको छ ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपतिले चुनावका लागि अनुकूल राजनीतिक वातावरण तयार गर्न सरकारलाई सुझाव दिएका थिए ।

जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीले भने अहिलेसम्म दलहरुसँग सीधा सम्वाद गर्न प्रयत्न गरेकी छैनन् । यद्यपी, प्रधानमन्त्री कार्कीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग चुनावी तयारीबारे छलफल गरेकी थिइन ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : १५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ