४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्र संघ महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का स्वेदश फिर्ता



काठमाडौं । संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी भएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्किएका छन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएलगत्तै खड्का यही असोज ६ गते न्यूयोर्क गएका थिए । त्यहाँबाट फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खड्काले राष्ट्र संघको महासभामा कोभिड–१९, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता, मानव अधिकारको रक्षाबारे छलफल भएको बताए । खड्काले महासभालाई सम्बोधन गर्दै कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे नेपालको धारणा राखेका थिए ।

खड्काले न्यूयोर्क बसाईको क्रममा भारत, मालदिभ्स, बंगलादेश, कुवेत लगायतका देशका समकक्षीहरुसँग छलफल गरेका थिए ।

खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसीसी नेपालको प्राथमिकतापूर्ण परियोजना भएको बताएका थिए । उनले एमसीसी अमेरिकाले परिमार्जन नगर्ने भन्दै नेपालले अनुमोदन र कार्यान्वयन गर्नुपर्ने जिकिर गरेका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको