२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

भोलिबाट सुरु हुने एमालेको विधान महाधिवेशनको सबै तयारी पुरा



काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।

भोलि दिउँसो सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा ६ हजार प्रतिनिधिले भाग लिनेछन् । ३ हजार क्षमताको सनराइज हलमा नहटेका प्रतिनिधिहरुलाई टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ । मञ्च व्यवस्थापनको काम पनि सकिएको मुल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन सत्रपछि ३ वटा प्रस्ताव हलमा पेश हुनेछ । प्रतिनिधिका १७ वटा समुह बनाएर ती प्रस्तावमाथि छलफल हुनेछ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य रामबहादुर थापाले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए । थापाले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्न सार्थक हुने विश्वास व्यक्त गरे । उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रश्तुत गरिने जानकारी दिए ।

असोज १७ समूहगत छलफलपछि आएका सुझावलाई समेटेर पार्टीको विधान पारित गर्दै महाअधिवेशन समापन हुने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सातदोबाटोबाट सटल बसले सम्मेलनस्थल पुर्याउनेछन् । सहभागीहरुलाई बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको छ । साँझको खानाका लागि भने सम्बन्धित पार्टी कमिटीले नै व्यवस्था मिलाएका छन् ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ३ : ३७ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर