४ पुस २०८२, शुक्रबार | December 20, 2025

भोलिबाट सुरु हुने एमालेको विधान महाधिवेशनको सबै तयारी पुरा



काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।

भोलि दिउँसो सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा ६ हजार प्रतिनिधिले भाग लिनेछन् । ३ हजार क्षमताको सनराइज हलमा नहटेका प्रतिनिधिहरुलाई टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ । मञ्च व्यवस्थापनको काम पनि सकिएको मुल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन सत्रपछि ३ वटा प्रस्ताव हलमा पेश हुनेछ । प्रतिनिधिका १७ वटा समुह बनाएर ती प्रस्तावमाथि छलफल हुनेछ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य रामबहादुर थापाले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए । थापाले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्न सार्थक हुने विश्वास व्यक्त गरे । उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रश्तुत गरिने जानकारी दिए ।

असोज १७ समूहगत छलफलपछि आएका सुझावलाई समेटेर पार्टीको विधान पारित गर्दै महाअधिवेशन समापन हुने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सातदोबाटोबाट सटल बसले सम्मेलनस्थल पुर्याउनेछन् । सहभागीहरुलाई बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको छ । साँझको खानाका लागि भने सम्बन्धित पार्टी कमिटीले नै व्यवस्था मिलाएका छन् ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ३ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको