४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रभु साहद्वारा एमाले विधान महाधिवेशन बहिस्कार



काठमाडौं । एमाले केन्द्रीय सदस्य प्रभु साहले आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन बहिस्कार गरेका छन् ।

आफुले उठाउँदै आएको ८ बुँदे माग सम्बोधन नभएको भन्दै साह विधान महाधिवेशनमा अनुपस्थित भएका हुन् । पूर्वमाओवादी नेता साह सर्वोच्च अदालतबाट नेकपा खारेज भएपछि एमालेकै केन्द्रीय सदस्यको रुपमा रहेका थिए । तर लामो समयदेखि उनी एमाले नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए ।

एमाले बनेपनि नेकपाकै निरन्तरताको रुपमा जनताको जनवाद मान्ने कुरालाई एमाले नेतृत्वले बिर्सेको, एमालेमा रहेका पूर्वमाओवादी नेता कार्यकर्ताहरुको व्यवस्थापन नगरेको लगायतका विषयमा साहको असन्तुष्टि रहेको छ । एमाले नेकपाको निरन्तरताको रुपमा रहनु पर्ने र नीति पनि त्यही अनुसारको हुनुपर्ने उनको माग रहेको छ ।

साहको असन्तुष्टिबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बालकोटमा बोलाएका थिए । साहले आफ्ना माग सम्बोधन गर्ने विषयमा नेतृत्व सकारात्मक नभए महाधिवेशनमा अनुपस्थित हुने बताएका थिए । साहलाई फकाउन आज पनि महासचिव इश्वर पोखरले लगायतका नेताले प्रयास गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको