२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

प्रभु साहद्वारा एमाले विधान महाधिवेशन बहिस्कार



काठमाडौं । एमाले केन्द्रीय सदस्य प्रभु साहले आजबाट सुरु भएको पार्टीको विधान अधिवेशन बहिस्कार गरेका छन् ।

आफुले उठाउँदै आएको ८ बुँदे माग सम्बोधन नभएको भन्दै साह विधान महाधिवेशनमा अनुपस्थित भएका हुन् । पूर्वमाओवादी नेता साह सर्वोच्च अदालतबाट नेकपा खारेज भएपछि एमालेकै केन्द्रीय सदस्यको रुपमा रहेका थिए । तर लामो समयदेखि उनी एमाले नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए ।

एमाले बनेपनि नेकपाकै निरन्तरताको रुपमा जनताको जनवाद मान्ने कुरालाई एमाले नेतृत्वले बिर्सेको, एमालेमा रहेका पूर्वमाओवादी नेता कार्यकर्ताहरुको व्यवस्थापन नगरेको लगायतका विषयमा साहको असन्तुष्टि रहेको छ । एमाले नेकपाको निरन्तरताको रुपमा रहनु पर्ने र नीति पनि त्यही अनुसारको हुनुपर्ने उनको माग रहेको छ ।

साहको असन्तुष्टिबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बालकोटमा बोलाएका थिए । साहले आफ्ना माग सम्बोधन गर्ने विषयमा नेतृत्व सकारात्मक नभए महाधिवेशनमा अनुपस्थित हुने बताएका थिए । साहलाई फकाउन आज पनि महासचिव इश्वर पोखरले लगायतका नेताले प्रयास गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : ५६ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर