१ पुस २०८२, मंगलबार | December 16, 2025

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै



काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।

केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्यबराबरका म्याद सकिएका १२ आइटमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला, क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्यबराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाखबराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउसमेत गरिएको विभागले जनाएको छ ।

त्यसरी मानव स्वास्थ्यमा गम्भीर असर पर्नेगरी म्याद सकिएका खाद्य वस्तुहरू रिलेबलिङ गरी बिक्रीवितरण गर्नेलाई जरिमाना र जेल सजायसमेत हुने कानुनी प्रावधान रहेको छ । विशेषगरी चाडबाडको समयमा यसखालका अपराध शृंखला बढ्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ । वाणिज्य विभागले कहिलेकाहीँ मात्रै अनुगमन गर्ने भएकाले पनि लुकीछिपी म्याद सकिएका वस्तुहरूमा रिलेबलिङ गरी बिक्री गर्ने क्रममा कमी आएको छैन ।

यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन गर्न जरुरी रहेको उपभोक्ताकर्मीको माग छ । विभागकी कानुन उपसचिव रञ्जु गौतमले विभागले दैनिक रूपमा नै ५/६ वटा टोली बनाएर अनुगमन गरिरहेको दाबी गरिन् । यस कार्यमा वाणिज्य विभाग, प्रशासन कार्यालय र स्थानीय तहबीच उचित समन्वय नहुँदा पनि रिलेबलिङ गरी वस्तु बिक्रीवितरण गर्ने व्यापारी निरुत्साहित हुन सकेका छैनन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि