१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

फेरिए जमुनाहा प्रहरी इन्चार्ज, सई पुर्ण खत्रीलाई जिल्ला तानियो



नेपालगन्ज । बाँकेका प्रहरी प्रमुख र उप प्रमुखको संयुक्त छड्केबाट १७ प्रहरी कर्मचारीलाई कारवाही गर्दा इन्चार्जलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएपछि ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज पुर्ण खत्रीलाई जिल्ला तानेर नयाँ इन्चार्ज पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले वडा प्हरी कार्यालय नपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मीनबहादुर विष्टलाई जमुनाह प्रहरीको इन्चार्ज बनाएर पठाएको छ ।

इन्चार्जलाई उन्मुक्ति दिएर प्रहरी हवल्दार सहित १७ जनालाई कारवाही गरेको भन्दै बाँके प्हरीको आलोचना भएको थियो । डीआईजीको निकट इन्चार्ज भएकै कारण इन्चार्जलाई जिल्ला प्रहरीले कारवाही गर्न नसकेको चर्चा चलेपछि जमुनाहाका इन्चार्जलाई जिल्ला तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नयाव उपरिक्षक मधुसुदन न्यौपानेले जमुनाहबाट सई खत्रीलाई हटाई सो स्थानमा विष्टलाई इन्चार्जको जिम्मा दिइएको जानकारी दिए । ‘छड्केका बेला इन्चार्ज कामकै शिलशिलामा कार्यालय बाहिर रहेकाले अनुसन्धाा जारी राख्दै तत्काल नतानिएको हो,’ डीएसपी न्यौपानेले भने, -‘अनुसन्धानकै चरणमा उनलाई हाल जिल्ला तानिएको छ, कसुर ठहरिए कानुन बमोजिम कारवाही हुन्छ ।’

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : २५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका