१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

एमाले विधान महाधिवेशन: थरीथरीका सुझाव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने सुझाव दिएका छन् ।

ललितपुरको गोदावरीमा शनिबार दोस्रो दिन जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । विभिन्न दस्ताबेजमाथि छलफल गर्न १० वटा समूह गठन गरी समूहगत छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा समूहगत छलफल गर्दै नेताहरूले यस्तो सुझाव दिएका छन् ।

केन्द्रीय निकाय तथा विभागका तर्फबाट सुझाव राख्दै पोलिटब्युरो सदस्य भानुभक्त ढकालले भने, ‘पार्टीमा लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता रहेका व्यक्तिहरूलाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्छ ।’

यस्तै, नीति र विधि छान्ने छुट्टै अधिवेशन गरेर नेपालको राजनीतिमा पार्टीले नौलो अभ्यास गरेको उनले बताए । विधानमा वरिष्ठ उपाध्यक्ष, एक उपमहासचिव र सात सचिवसहितको पदाधिकारी राखिनुपर्ने सुझाव दिँदै उनले आफ्नो समूहमा ७० वर्ष उमेर हद कार्यान्वयन गर्नुपर्ने तर यसलाई केही प्रतिनिधिबाट खारेजी पनि गर्न सकिने सुझाव आएको बताए ।

प्रदेश कमिटी १ सय ५१ सदस्यमा सीमित गर्ने र पार्टीका सबै कमिटीमा ३३ प्रतिशत बढी महिला सहभागिता गराउनुपर्ने उनले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने योजना बनाउनुपर्ने बताउँदै उनले यसका लागि पार्टीले अविकास, गरिबी, पछौटेपन र बेरोजगारी समस्या हटाउने ठोस योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।

आधारभूत वर्गका व्यक्तिहरूले प्रतिस्पर्धा नै गर्न नसक्नेगरी निर्वाचन प्रणाली अत्यन्त खर्चिलो बन्दै गएकोमा त्यसलाई नियन्त्रण गर्न ठोस नीति बनाउनुपर्ने, सरकार र पार्टी कमिटीबीचको सम्बन्धलाई प्रभावकारी बनाउनुपर्ने तथा बाटो बिराएका र अलमलमा परेकालाई मूल घरमा फर्कन आह्वान गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैगरी, कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझाव राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थपिनुपर्ने र पोलिटब्युरोलाई कायमै राख्नुपर्ने सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमा पोलिटब्युरो खारेज गर्ने प्रस्ताव आएपछि महाधिवेशन प्रतिनिधिले कायम नै राख्नुपर्ने सुझाव दिएका छन् ।

छिमेकी चीन र भारतसँगको सम्बन्ध सुमधुर गराउने कुरामा पार्टीले ध्यान दिनुपर्ने सुझाव दिँदै उनले एमाले सर्वहारा, श्रमजीवि वर्गको पार्टी भएकाले उनीहरूको हितमा विशेष ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका तर्फबाट सुझाव प्रस्तुत गर्दै अध्यक्ष लीला गिरीले जनताको बहुदलीय जनवाद ९जबज०लाई मार्गदर्शक सिद्धान्तका रूपमा अझ समृद्ध बनाउनुपर्ने, कार्यकर्तालाई उत्पादन प्रणालीमा जोड्दै आर्थिक उपार्जनमा लगाउनुपर्ने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउनुपर्ने, राजकीय पदमा बाहेक एक व्यक्ति, एक पदको नीति लागू गर्नुपर्ने, दुई कार्यकाल भन्दा बढी एउटै व्यक्ति पदाधिकारीमा बस्न नपाउने, जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव राख्नुपर्ने सुझाव उनले दिएका छन् । समूहगत छलफलमा सात जना उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव आएको छ । तर, महिला, दलित, जनजाति, मधेसी भूगोलका आधारमा उपाध्यक्ष हुनुपर्ने विषयमा महाधिवेशन प्रतिनिधिले सुझाव दिएका छन् ।

विधान संशोधन प्रस्तावमा १३ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख गरिएको छ । विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिवसहित केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुने उल्लेख गरिएको छ । पार्टी प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । हाल रहेका दुई उपमहासचिव र पोलिटब्युरो कमिटी खारेज गर्ने व्यवस्था प्रस्तावमा गरिएको छ ।

यसैगरी, माधवकुमार नेपाल एमालेमा हुँदा उनको समूहमा लागेका नेताकार्यकर्ताले तत्कालीन नेकपाको विवादकै कारण प्रतिनिधि सभा विघटन भएको जिकिर गरेका छन् । सोही विवादले एमालेसमेत विभाजन भएको विषयसमेत छलफलमा उठाएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट सुझावहरू प्रस्तुत गर्दै अध्यक्ष कर्णबहादुर थापाले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव मूलभूत रूपमा ठीक रहेको उल्लेख गर्दै विधानमा सात जना उपाध्यक्ष, तीन उपमहासचिव र सात जना सचिवको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

पार्टीमा पोलिटब्युरो कायमै गर्नुपर्ने सुझाव दिँदै जनसंख्याको आधारमा पार्टीका सबै तहका कमिटीहरूमा दलितको प्रतिनिधित्व हुनुपर्ने र महिला सहभागितालाई पनि बढाउन ध्यान दिनुपर्ने सुझाव उनले दिए ।

बाग्मती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले सुझाव प्रस्तुत गर्दै पार्टी र सरकारबीचको अन्तरविरोधका कारण अहिलेको अवस्था आएकाले मसिनोसँग समीक्षा गर्नुपर्ने बताए । व्यक्तिलाई ब्रान्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको उनले बताए । सरकार र पार्टीको सम्बन्ध प्रस्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरूले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा बताए ।

एमसीसीको बारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने सुझाव राख्दै उनले सरकारले बजेट विधेयकमार्फत ल्याएको कालोधनलाई वैधानिकता दिने दुराशययुक्त प्रयासबारे पार्टीले सशक्त विरोध गर्नुपर्नेमा जोड दिए । केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिवको व्यवस्थाका साथै कमिटीहरूलाई बढीभन्दा बढी समावेशी बनाउन सुझाव उनले दिएका छन् ।

यसैगरी, महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा व्यक्ति हावी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीमा ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ’ गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन् । कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने सुझाव दिँदै पार्टीमा कामरेडली भावना च्युत हुँदै गएको दुःखेसो पोखेका छन् ।

बन्दसत्रको सुरुमै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले आ–आफ्नो निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका छन् ।

विधान महाधिवेशनको तेस्रो दिन आइतबार बिहान ८ बजे सुरु हुने कार्यक्रममा बाँकी रहेका पाँचवटा समूहका तर्फबाट सुझाव राखिने सचिव योगेश भट्टराईले बताए । प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्ताबेज पेस गर्ने नेताले सम्बोधन गरी पारित गर्ने कार्यसूची रहेको छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्ने भट्टराईले बताए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ५५ बजे

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको