११ कार्तिक २०८३, बुधबार | October 28, 2026

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन् ।

पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

कार्यक्रम महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६