४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु



काठमाडौं । नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बिहान ९ बजेदेखी राष्ट्रिय सभागृहमा भेला सुरु भएको हो ।

स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदीले जानकारी दिए ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनुपर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्ने उनले बताए ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।

आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको