२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एमालेद्वारा प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध



काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई नेकपा एमालेले आज पुनः अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् ।

एमाले सांसदको नारावाजीकै बीच सभामुख सापकोटाले बैठकको नियमित प्रक्रियामा प्रवेश गरेर आफ्ना कुरा राख्न आग्रह गर्दै बैठक संचालनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले संसदलाई नियमित अवरोध गर्दा संसदप्रति नै जनतामा वितिष्ण बढन् सक्नेमा पनि एमाले सांसदहरुलाई सचेत गराए ।

एमालेको अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्न समय दिएका छन्। नारावाजीकै बीच मन्त्री कार्कीले प्रतिवेदन पेश गरेका छन्।

गत भदौ २३ गतेदेखि सुरु भएको बैठकमा एमालेले सुरुदेखि नै निरन्तर अवरोध गर्दै आएको छ । आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरी पार्टी विभाजनको मतियार बनेको आरोप लगाउँदै एमाले सांसदहरुले सभामुख सापकोटाकै विरुद्ध नरावाजी गर्दैआएका छन् ।

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : २७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल