२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशमा ४४ स्थानमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष, नियम उल्लंघन गर्नेलाई ठाँउका ठाँउ कारवाही हुने



बुटवल । चाडपर्व नजिकिदै जादा यात्रुको सुरक्षा लक्षित गरि लुम्बिनी प्रदेशको १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष स्थापा गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय र स्थानीय यातायात व्यवसाय आवद्ध संस्थाहरुको सहकार्यमा ती स्थानहरुमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्ष अन्तर्गत आजैबाट बुटवलमा यात्रु सहायता कक्ष सेवा शुरु गरिएको छ। पश्चिम नेपाल बस ब्यवसायी प्रालीको सहयोगमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बुटवल बसपार्कमा यात्रु सहायता कक्ष सेवा शुरु गरिएको छ । सहायता कक्षको एक समारोहका बिच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापाले समुद्घाटन गरे । यदघाटन कार्यक्रममा बोल्दै एसपी थापाले लुम्बिनी प्रदेश अन्तरगत १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको जानकारी दिए ।

उनले सहायता कक्षबाट परिमाजित भाडादरको लिष्ट राख्ने, अनुगमन गर्ने, आरक्षित सिटमा सरोकारवालाहरुको सुविधा पाए नपाएको, भाडादरको अनुगमन, क्षमताभन्दा बढि बोकेको भए आवश्यक जाँच गरि कारवाही हुने बताए ।

सहायता कक्षमा कोभिड १९ सुरक्षा सामग्री वितरण, खानेपानी वितरण तथा मादक पदार्थ विरुद्ध सचेतना बोर्डहरु राखिएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुवर, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका संचालक समितिका सदस्य सुरेन्द्र श्रेष्ठ, प्रालिका सल्लाहकार केशवराज पन्त,पश्चिम नेपाल यातायात ब्यवसायीका अध्यक्ष याम प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले यात्रालाई सुरक्षित गराउन आवश्यक सेचतना दिने काम महत्वपुर्ण भएको भन्दै हुने चाडपर्वबाहेकको समयमा पनि सहायता कक्षलाई नियमित गरिनुपर्ने सुझाव दिए। कार्यक्रममा प्रहरी निरिक्षक मधु नेपालले यात्राको क्रममा यात्रुहरुलाई पर्ने गुनासोहरु सुन्ने काम कक्षबाट हुने बताए।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल