५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लुम्बिनी प्रदेशमा ४४ स्थानमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष, नियम उल्लंघन गर्नेलाई ठाँउका ठाँउ कारवाही हुने



बुटवल । चाडपर्व नजिकिदै जादा यात्रुको सुरक्षा लक्षित गरि लुम्बिनी प्रदेशको १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष स्थापा गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय र स्थानीय यातायात व्यवसाय आवद्ध संस्थाहरुको सहकार्यमा ती स्थानहरुमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्ष अन्तर्गत आजैबाट बुटवलमा यात्रु सहायता कक्ष सेवा शुरु गरिएको छ। पश्चिम नेपाल बस ब्यवसायी प्रालीको सहयोगमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बुटवल बसपार्कमा यात्रु सहायता कक्ष सेवा शुरु गरिएको छ । सहायता कक्षको एक समारोहका बिच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापाले समुद्घाटन गरे । यदघाटन कार्यक्रममा बोल्दै एसपी थापाले लुम्बिनी प्रदेश अन्तरगत १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष संचालन गरिएको जानकारी दिए ।

उनले सहायता कक्षबाट परिमाजित भाडादरको लिष्ट राख्ने, अनुगमन गर्ने, आरक्षित सिटमा सरोकारवालाहरुको सुविधा पाए नपाएको, भाडादरको अनुगमन, क्षमताभन्दा बढि बोकेको भए आवश्यक जाँच गरि कारवाही हुने बताए ।

सहायता कक्षमा कोभिड १९ सुरक्षा सामग्री वितरण, खानेपानी वितरण तथा मादक पदार्थ विरुद्ध सचेतना बोर्डहरु राखिएको छ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मदन कुवर, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका संचालक समितिका सदस्य सुरेन्द्र श्रेष्ठ, प्रालिका सल्लाहकार केशवराज पन्त,पश्चिम नेपाल यातायात ब्यवसायीका अध्यक्ष याम प्रसाद पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले यात्रालाई सुरक्षित गराउन आवश्यक सेचतना दिने काम महत्वपुर्ण भएको भन्दै हुने चाडपर्वबाहेकको समयमा पनि सहायता कक्षलाई नियमित गरिनुपर्ने सुझाव दिए। कार्यक्रममा प्रहरी निरिक्षक मधु नेपालले यात्राको क्रममा यात्रुहरुलाई पर्ने गुनासोहरु सुन्ने काम कक्षबाट हुने बताए।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ३ : २० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं