२७ माघ २०८२, मंगलबार | February 10, 2026

नागरिकलाई चाडपर्वको चटारो, रुपन्देहीका उद्योगीलाई चुनावी सरगर्मी



बुटवल । आम रुपन्देहीबासी उद्योगी व्यवसायी र नागरिकहरुले दशैं मनाउने तयारी गरिरहेका बेला रुपन्देही उद्योग संघलाई भने चुनाव लागेको छ । संघको २२ औं अधिवेशन अन्तर्गत असोज २३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन घोषणा गरेका संघ आवद्ध सदस्यहरुलाई चुनावी सरगर्मीले छोएको छ । संघको आगामी कार्यकालका लागि पूर्व अध्यक्षहरुको समुहले आज वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेका छन् । पूर्व अध्यक्षहरुको समूहले सर्वसम्मत गराउने प्रयास स्वरुप वरिष्ठ उपाध्यक्ष पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेको दाबी गरेका छन् ।

पूर्व अध्यक्षहरु एजाज आलम, दिनेशराज रेग्मी बोनिन् पिया र गणेश अधिकारी सहितको समुहले पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेका हुन् । बुटवलमा आज पत्रकार सम्मेलन गर्दै पौडेलको नेतृत्वको प्यानल सार्वजनिक गरिएको थियो । प्यानलमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुलाई समेटिएको उनीहरुको दाबी छ । घोषित प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्षमा जिवकान्त काफ्लेलाई अगाडि सारिएको छ । प्यानलमा रहेका सापकोटा हाल प्रथम उपाध्यक्ष हुन भने पराजुली द्धितीय उपाध्यक्ष तथा काफ्ले महासचिव हुन् । त्यसैगरी महासचिवमा हालका कोषध्याक्ष हरी बहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणी भट्टराईको नाम समावेश गरिएको छ ।

प्यानलको सचिवमा हाल कार्यसमिती सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई तथा सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ भने एसोसिएट तर्फ सुमन बस्याल र तुल्सी गुरुङ्ग,आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको नाम राखिएको छ ।

संघको खुल्ला तर्फका सदस्यहरुमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेर शुद्धोधन गाउपालिकाबाट रमेश खनाललाई उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ ।

पूर्व अध्यक्षहरुको प्रस्तावको विपक्षमा महासचिवमा माया खनाल र कोषाध्यक्षमा गिरिराज गैरे(राजु)ले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण भईनसकेको अवस्थामा निर्वाचन भन्दा सर्वसम्मत नेतृत्व छनौटको प्रक्रिया उपयुक्त हुने अघिल्लो निर्वाचनमा खुल्ला तर्फ सर्वाधिक मत ल्याएका वर्तमान कार्यसमिति सदस्य युवराज आचार्यले बताए ।

पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले पनि पूर्वअध्यक्षहरुको तर्फबाट सर्वसम्मतको प्रयास जारी रहेको र निर्वाचनको दिन सम्म पुग्दा प्यानलको विपक्षमा कसैको उम्मेदवारी नपर्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ०७ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा