७ पुस २०८२, सोमबार | December 22, 2025

नागरिकलाई चाडपर्वको चटारो, रुपन्देहीका उद्योगीलाई चुनावी सरगर्मी



बुटवल । आम रुपन्देहीबासी उद्योगी व्यवसायी र नागरिकहरुले दशैं मनाउने तयारी गरिरहेका बेला रुपन्देही उद्योग संघलाई भने चुनाव लागेको छ । संघको २२ औं अधिवेशन अन्तर्गत असोज २३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन घोषणा गरेका संघ आवद्ध सदस्यहरुलाई चुनावी सरगर्मीले छोएको छ । संघको आगामी कार्यकालका लागि पूर्व अध्यक्षहरुको समुहले आज वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेका छन् । पूर्व अध्यक्षहरुको समूहले सर्वसम्मत गराउने प्रयास स्वरुप वरिष्ठ उपाध्यक्ष पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेको दाबी गरेका छन् ।

पूर्व अध्यक्षहरु एजाज आलम, दिनेशराज रेग्मी बोनिन् पिया र गणेश अधिकारी सहितको समुहले पौडेलको नेतृत्वमा प्यानल घोषणा गरेका हुन् । बुटवलमा आज पत्रकार सम्मेलन गर्दै पौडेलको नेतृत्वको प्यानल सार्वजनिक गरिएको थियो । प्यानलमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीहरुलाई समेटिएको उनीहरुको दाबी छ । घोषित प्यानलबाट बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्षमा जिवकान्त काफ्लेलाई अगाडि सारिएको छ । प्यानलमा रहेका सापकोटा हाल प्रथम उपाध्यक्ष हुन भने पराजुली द्धितीय उपाध्यक्ष तथा काफ्ले महासचिव हुन् । त्यसैगरी महासचिवमा हालका कोषध्याक्ष हरी बहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणी भट्टराईको नाम समावेश गरिएको छ ।

प्यानलको सचिवमा हाल कार्यसमिती सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मन्जु भुसाललाई तथा सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ भने एसोसिएट तर्फ सुमन बस्याल र तुल्सी गुरुङ्ग,आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको नाम राखिएको छ ।

संघको खुल्ला तर्फका सदस्यहरुमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेर शुद्धोधन गाउपालिकाबाट रमेश खनाललाई उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ ।

पूर्व अध्यक्षहरुको प्रस्तावको विपक्षमा महासचिवमा माया खनाल र कोषाध्यक्षमा गिरिराज गैरे(राजु)ले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कोभिड महामारी पूर्णरुपमा नियन्त्रण भईनसकेको अवस्थामा निर्वाचन भन्दा सर्वसम्मत नेतृत्व छनौटको प्रक्रिया उपयुक्त हुने अघिल्लो निर्वाचनमा खुल्ला तर्फ सर्वाधिक मत ल्याएका वर्तमान कार्यसमिति सदस्य युवराज आचार्यले बताए ।

पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले पनि पूर्वअध्यक्षहरुको तर्फबाट सर्वसम्मतको प्रयास जारी रहेको र निर्वाचनको दिन सम्म पुग्दा प्यानलको विपक्षमा कसैको उम्मेदवारी नपर्ने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : ०७ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ