२० भदौ २०८३, शनिबार | September 5, 2026

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी



एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भइरहँदा खाडी क्षेत्रका मुलुकहरूमा भने आक्रमणको सिलसिला रोकिएको छैन । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार यूएईको हवाई रक्षा प्रणालीले आक्रमणलाई बीचमै नष्ट गर्ने प्रयास गरिरहेको छ । राजनीतिक तहमा युद्धविरामको सहमति भए पनि व्यवहारमा अमेरिकी सहयोगी राष्ट्रहरू अझै निशानामा परिरहेको देखिएको छ ।

यसैबीच साउदी अरबले आफ्नो पूर्वी क्षेत्र तथा राजधानी रियादमा आपत्कालीन अलर्ट जारी गरेको छ । साउदी सरकारले सम्भावित खतराबारे सचेत गराउँदै नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

इरान–अमेरिका तनाव चर्किँदै जाँदा खाडी क्षेत्रका अन्य देशहरूमा पनि यसको प्रत्यक्ष असर देखिएको छ । युद्धविरामको प्रस्ताव आए पनि प्रारम्भिक चरणमै देखिएको हिंसाले शान्ति प्रक्रियामाथि थप अनिश्चितता सिर्जना गरेको छ ।

डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजबाट जहाज आवागमन सुचारु गरे दुई हप्ते युद्धविराम गर्न तयार रहेको बताएका छन् । अर्कोतर्फ सैयद अब्बास अरागाचीले इरानमाथिका आक्रमण पूर्ण रूपमा रोकिएपछि मात्रै युद्ध अन्त्य गर्न सकिने सर्त अघि सारेका छन् ।

यसै क्रममा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाउँदै दुवै पक्षलाई वार्ताका लागि आगामी शुक्रबार इस्लामाबादमा निम्तो दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ३७ बजे

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार