११ कार्तिक २०८३, बुधबार | October 29, 2026

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी



एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भइरहँदा खाडी क्षेत्रका मुलुकहरूमा भने आक्रमणको सिलसिला रोकिएको छैन । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार यूएईको हवाई रक्षा प्रणालीले आक्रमणलाई बीचमै नष्ट गर्ने प्रयास गरिरहेको छ । राजनीतिक तहमा युद्धविरामको सहमति भए पनि व्यवहारमा अमेरिकी सहयोगी राष्ट्रहरू अझै निशानामा परिरहेको देखिएको छ ।

यसैबीच साउदी अरबले आफ्नो पूर्वी क्षेत्र तथा राजधानी रियादमा आपत्कालीन अलर्ट जारी गरेको छ । साउदी सरकारले सम्भावित खतराबारे सचेत गराउँदै नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

इरान–अमेरिका तनाव चर्किँदै जाँदा खाडी क्षेत्रका अन्य देशहरूमा पनि यसको प्रत्यक्ष असर देखिएको छ । युद्धविरामको प्रस्ताव आए पनि प्रारम्भिक चरणमै देखिएको हिंसाले शान्ति प्रक्रियामाथि थप अनिश्चितता सिर्जना गरेको छ ।

डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुजबाट जहाज आवागमन सुचारु गरे दुई हप्ते युद्धविराम गर्न तयार रहेको बताएका छन् । अर्कोतर्फ सैयद अब्बास अरागाचीले इरानमाथिका आक्रमण पूर्ण रूपमा रोकिएपछि मात्रै युद्ध अन्त्य गर्न सकिने सर्त अघि सारेका छन् ।

यसै क्रममा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाउँदै दुवै पक्षलाई वार्ताका लागि आगामी शुक्रबार इस्लामाबादमा निम्तो दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ३७ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय