४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुँदै



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही शुक्रबार बाँडफाँट हुने भएको छ ।

बुधबार प्रिअलटमेन्टको काम सकिएको बताउँदै धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले शुक्रबार आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो ।

कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

क्यापिटलका अनुसार बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार आवेदकबाट कुल २ करोड ६९ लाख २० हजार बढी कित्ता सेयर माग भएको छ । जुन मागभन्दा ३६ गुणाभन्दा बढी हो ।

आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाउने छन । यो हिसाबले साढे २० लाख बढीको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको