१७ भदौ २०८३, बुधबार | September 3, 2026

माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि खुला



काठमाडौं । माण्डु हाइड्रोपावरले आइतबार भदौ १० गतेदेखि आज बाट सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला गरेको छ ।

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०% अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म पनि आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ८ : ०२ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका