११ श्रावण २०८३, सोमबार | July 27, 2026

दशैँ नलाग्दै उपत्यकाबाट चार लाख सर्वसाधारण बाहिरिए



काठमाडौं । यसपालि दशैंमा उपत्यका बाहिरिनेको संख्या केही मात्रामा घट्ने देखिएको छ । घटस्थापनाको अघिल्लो २० असोजसम्म उपत्यका छोडेर जानेको संख्या चार लाख १२ हजार ७३ पुगेको छ भने भित्रिनेको संख्या पनि तीन लाख ८७ हजार ६०१ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

घटस्थापनाको अघिल्लो दिनसम्ममा उपत्यकाबाट बाहिरिने र भित्रिनेको संख्या उस्तै–उस्तै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले बताए । तर, प्राइभेट सवारीसाधनमा जाने सर्वसाधारणको एकीन संख्या भने आफूहरुसँग नभएको उनको भनाइ छ । गत वर्ष कोरोना महामारीका कारणले लकडाउन गरेर आवत जावतमा रोक लगाइएको थियो ।

एसपी शर्मा भन्छन्, ‘यस वर्ष पनि सर्वसाधारणमा कोरोनाको त्रास बाँकी नै भएकाले उपत्यकाबाट बाहिरिनेको संख्या कम हुनसक्छ । गाउँ गएका बेला लकडाउन भएर फेरि फर्किन समस्या हुने हो कि भन्दै कतिपय बाहिर नजान सक्छन् ।’ बाहिर देशमा कोरोना बढेर अझै पनि लकडाउन गरेकाले नेपालमा पनि फेरि त्यस्तै होला भन्ने चिन्ता सर्वसाधारणमा रहेको उनी बताउँछन् ।

दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले अग्रिम टिकट काट्न सुरु गरेका छन् । ११ असोजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

विगतका वर्षमा नयाँ बसपार्कमा टिकट काट्ने पहिलो दिनमै यात्रुको घुइँचो लाग्ने गरेको थियो । यस वर्ष भने तुलनात्मक रुपमा निकै कम देखिएको हो । विगतका वर्षदेखि नै दशैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आएको छ । अहिले नौ दिनको अन्तरालमा ३८ हजार ९४१ जनाले टिकट काटेको एसपी शर्माले बताए ।

नागढुङ्गा, भक्तपुरको जगाती, बल्खु-फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिने र बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको महाशाखाले जनाएको छ ।

यस वर्षको दशैंमा विशेष सुरक्षा योजना ल्याइएको छ । यसका लागि सरकारले उपत्यकामा ८ हजार प्रहरी परिचालन गरेको छ । जुवातास, मापसे तथा मनलाग्दी गाडीभाडामा पनि निगरानी गर्ने योजना प्रहरीले ल्याएको छ ।

नेपालीको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ । १० असोजदेखि लागू गरिएको सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ ।

खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । जसअन्तर्गत नाकामा प्रहरीसँगै तालिम प्राप्त कुकुरले पनि जाँच गर्नेछन् ।

काठमाडौं छिर्ने मुख्यरमुख्य नाका थानकोट, फर्पिङ, साँगा, नुवाकोट छिर्ने नाका र अरु साना नाकामा विशेष निगरानी र जाँचको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १२ : ५७ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको