२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रुपन्देही उद्योग संघमा अध्यक्ष सहित अधिकांस पदमा निर्विरोध, महासचिव र सचिवमा निर्वाचन हुने



बुटवल । रुपन्देही उद्योग संघको अधिवेशन पूर्व अध्यक्षहरुको समुहले प्रस्ताव गरेको अध्यक्ष सहितको अधिकांस प्यानलका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । पूर्व अध्यक्षहरुकै प्रस्तावमा अध्यक्ष छानिएका माधव पौडेल अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन् भने अधिकांस पदाधिकारी र सदस्यहरुमा पनि सर्वसम्मत भएको छ ।

संघको निर्वाचन कार्यक्रम अनुसार असोज २१ गते मनोनयन पत्र दर्ता गर्ने समय राखिएकोमा संघको अध्यक्ष पदमा माधव पौडेल सहित अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भए पनि महासचिव र सचिव पदमा भने २-२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार महासचिव पदमा हरि बहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ भने सचिव पदमा बसन्त ढकाल र यमलाल भटराईको उम्मेदवारी परेको छ। खत्री बर्तमान कार्यसमितीमा कोषाध्यक्ष छन भने खनाल महिला सचिवको जिम्मेवारीमा थिईन्। त्यसैगरी ढकाल र भट्टराई दुवै कार्यसमिती सदस्य हुन्।

बरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्लेको मात्रै एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । त्यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ।

आयोगका अनुसार आजिबन सदस्य तर्फ माधव नेपाल संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको मात्रै एकल उम्मेदवारी परेका छन।

त्यसैगरी खुल्ला तर्फ रहेको ८ जना खुल्ला सदस्यका लागि ८ जनाको मात्रै उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा प्रेम आले,लाल प्रसाद बस्याल,राजु घिमिरे,बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल,लाल बहादुर थापा र नेत्र रुचालले उम्मेदवारी दिएका छन। भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेले उम्मेदवारी दिएका छन्।

रुपन्देही उद्योग संघको ४३ औ साधारणसभा तथा २२ औ अधिवेशनका सन्दर्भमा संघको आगामी नेतृत्वका लागि असोज २१ गते उम्मेदवारी मनोनयनको तालिका र २३ गते निर्वाचनको कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : ४६ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।