७ आश्विन २०८३, बुधबार | September 23, 2026

जैविक कृषि उपज संकलन केन्द्र स्थापना



बुटवल । बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैबिक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ ।

बुटवल १५ मा रहेको उक्त केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरि यो केन्द्र स्थापना गरिएको हो ।

प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिव १७ लाख लगानी भएको छ ।

यहाँ सफटवेयरबाट कार्यक्रम सन्चालन हुने छ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोवाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ । यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजि तरकारि बर्षमा दिनु पर्ने व्यक्तिगतको हकमा समुहको हकमा भने दश हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ ।

सामान्यतया स्थानिय स्तरमा उत्पादित तरकारी मसला र फलफुल वालिहरु स्थानिय स्तरमा सन्कलन गरि उचित वजार व्यवस्थापन गरि साना कृषकलाई प्रत्यक्ष राहत दिने गरि यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानि अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ ।

वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन बिरुवा उत्पादन जस्ता कार्य समेत गर्ने छ । हरेक दिन विहान ७-९ र वेल्का ३-५ वजे सम्म हाल तरकारि सन्कलन हुने कुरा अध्यक्ष रामनाथ मालिले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ८ : ०३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई