२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लोकगायक बमबहादुर कार्कीको दशैं कोशेली : ‘चाईना टाउन, अहिलेको दशैंमा पाईन आउन’ (भिडियो सहित)



काठमाडौं । ठेट नेपाली लोकभाकाका सर्जक बम बहादुर कार्कीले बडा दशैंलाई लक्षित गर्दै आफ्नो नयाँ लोकगीत सार्वजनिक गरेका छन् । विदेशमा रहेका नेपालीले दशैं मान्न घर आउन नपाएको पिडालाई समेटेर कार्कीले लोकगीत तयार पारेका हुन् ।

सर्जक एवं गायक बमबहादुर कार्की आफैले संकलन र संगीत दिएका ‘चाईना टाउन, अहिलेको दशैंमा पाईन आउन’ बोलको लोकगीतको संगीत संयोजन आईसी लामाले गरेका छन् भने पर्शराम चौधरीले रेकर्डिङले गरेका छन् । गोरखा म्युजिकबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दशैंसँग जोडिएका नेपाली कला र संस्कृतिलाई समटिएको छ ।

गुल्मी र अर्घाखाँचीमा प्रसिद्ध सराय नाचलाई म्युजिक भिडियोमा प्राथमिकताका साथ समावेश गरिएको छ । गुल्मी र अर्घाखाँचीमा दशैंमा सराया नाचको विषेश महत्व रहने गरेको छ । हुम गैरेले भिडीयोको निर्देशन गरेका छन् भने म्युजिक भिडियो शिवा आले कार्कीले निर्माण गरकी हुन् ।

भिडियोमा समावेश गरिएको चर्खे पिङ, लिङ्गे पिङ, पहाडी भेगको च्याङ्ग्रा पालनको दृष्यले गाँउघरमा आएको दशैंको झल्कोलाई जस्ताको तस्तै उजागर गरेको छ । कामको शिलशिलामा विदेशीएको नेपालीले गाँउघरको दशैंलाई सम्झेर कसरी जिवन विताउँछन् भन्ने वास्तविकतालाई लोकगीतमा उतार्ने प्रयास भएको संकलक तथा गायक बम बहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  १० : ३५ बजे

प्रधानमन्त्री शाहले आज २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालमा रहेका करिब

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट, बजारमा सकारात्मक संकेत

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमण

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।