४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज मन्त्रिपरिषद विस्तार, थपिएका मन्त्रीहरुको शपथग्रहण आजै ४ बजे



काठमाडौं । लामो सकसका बीच सत्तारुढ चार दलका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डाको टुङ्गो लगाएका छन् । बिहिबार दिनभरी बसेको शीर्ष नेताहरुको बैठकले आज मन्त्रिपरिषद् विस्तार गर्ने गरि मन्त्रालय बाँडफाँटमा सहमति गरेका हुन् ।

बिहीबारको सहमति अनुसार आज ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र अपराह्न ४ बजे शपथ समारोह हुने भएको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेपनि कुन मन्त्रालय कस्ले लिने भन्ने विषय टुङ्गिएको थिएन ।

कांग्रेसले प्रधानमन्त्री बाहेक ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको