२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८८ दिन पछि थपिएका नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले जनताको अपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरुले सपथ खाए लगत्तै शुक्रबार बसेको पूर्णता पाएको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार र जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेका थिए । आज बसेको मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको नव नियुक्त सरकारका प्रवक्ता एवं सञ्चार चता सूचना प्रविधि मन्त्री कार्कीले जानकारी दिए ।

बैठकपछि सञ्चाकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताउँदै हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ४५ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू