१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

गीत संगीतमार्फत मनोरञ्जनसँगै सन्देश दिन्छौ : दिपक बज्राचार्य



बुटवल । विश्वसमुदायसँगै कोभिड-१९ माहामारीमा न्युनिकरण आएपछि नेपालमा पनि सांगितिक कार्यक्रम र चहलपहल शुरु भएको छ ।

नेपाली युुवाहरुमाझ आफनो छुट्टै छाप छाड्न सफल भएको दशक लामोसमयदेखि सागितिक यात्रामा लागेको दिपक बज्राचार्य लामो लकडाउन पछि बुटवलमा सार्वजनिक कार्यक्रममा देखा परे । बज्राचार्यकोे सांगीतिक समुह रिदम टोलीले बिहीबार कोरोना कहरपछि पहिलो पटक बुटवलमा आफ्नो सांगीतिक प्रस्तुति प्रर्दशन गरेका छन् ।

कोभिड-१९ संक्रमण र निशेषाज्ञाका कारण संकट भोगेको नेपाली संगीत क्षेत्रले पनि लामोसमयपछि दर्शक र श्रोता सामु उभिन पाउँदा कला क्षेत्रको मनोबल बढेको सर्जक बज्राचार्य बताउँछन् । ‘धेरैपछि दर्शकश्रोतासमक्ष प्रत्यक्ष जोडिन पाउदा निक्कै खुशि छु ।’- उनले भने । नेपाली पप संगीतमा नयाँपन ल्याउन सफल भएका उनी अन्तराष्ट्रिय रुपमा पनि ख्याती कमाउन सफल छन् । देशविदेशमा कन्सर्टमा व्यस्त रहने गरेका उनी कोभिड-१९ को पहिलो संक्रमणको बेला अन्तराष्ट्रिय जगतका विभिन्न मुलुकहरुमा कन्सर्ट गरेर नेपाल फर्केका थिए । विदेशबाट नेपाल फर्कने क्रममा टिम नै क्वारिन्टाइनको बसाईको बेला बेला नयाँ सृजना गर्न आफुलाई सफलता मिलेको उनी बताउँछन् ।

लकडाउनको सदुपयोग गर्दै सामाजिक संजालमार्फत सांगीतिक प्रस्तुति दिएर बज्राचार्यले श्रोताहरुलाई मनोरन्जनसँगै उपचारको पनि काम गरेका थिए । संगित केबल मनोरन्जन नभएर स्वास्थ्य उपचारको एक साधन पनि भएको उनको दाबी छ । लकडाउनको समयमा रमाइलो गरेर बसौँ, बाहिर नजाऔँ भन्दै दर्शकसँग फेसबुक र यूट्यूबबाट लाइभ आएको उनले धेरै मनोरोगीहरुको संगीतको माध्यमबाट उपचार गरेको बताउँछन् । उनले महामारीको अवधिमा कोरोना भाइरसबारे जनचेतनामूलक सन्देश पनि दिन सफल भएको ठान्छन । लकडाउनको अवधिमा गीतसंगीत औषधिको रुपमा काम गरेको ठहर गर्दै दिपकले पछिल्लो समय एउटा टेलिभिजनमा म्युजिकल मेडिसिन शो नै चलाईरहेका छन । संगित मार्फत मनोरञ्जनसँगै सन्देश पनि दिन सकिने उनको ठहर छ ।

सांगीतिक यात्राको शुरुवातका करिब २ दशक रमाईलोका लागि मात्र गाउने गरेका उनी पछिल्लो एक दशक बढी समयदेखि नेपाली संस्कृतिसंग गीतसंगीतलाई जोड्ने काम गर्दै आएका छन् । उनि स्मरण गर्दछन् जब बेल्जियममा विश्व बाजा संकलन केन्द्र रहेको स्थानमा भ्रमणको क्रममा धेरै प्रकारका बाजागाजा देखे । सारंगीलाई भारतीय बाजाको सुचीमा राखिएको पाए । संस्कृतिमा धनि नेपालको कुनै पनि बाजाहरु नपरेको पाएपछि दिपकको मन दुख्यो । त्यसयता उनी लगातार कसरी यसमा योगदान दिन सकिन्छ भन्नेतर्फ उनी लागे । “हजारौहजार सालदेखि इतिहास बोकेको बाजाहरु पाइने देश नेपालको बाजा विदेशमा देखिएन”, उनले भने, – “नेपाली पहिचान बोकेको सारङ्ीलाई पनि भारतीय बाजाकारुपमा विदेशमा राखिएको रहेछ ।” त्यपछि लगातार दिपक र उनको टिम नेपाली बजाको परिचयलाई प्रचार गर्न अग्रसर छन् ।

त्यस यता दिपकको सिर्जनामा नेपालीपन्, नेपाली संस्कृति र नेपाली लोकभाका समावेश हुन शुरु ग¥यो । उनको सांगीतिक यात्रामा छलिया नाच एकप्रकारले नयाँपनका रुपमा भित्राउन प्रयास गरे । उनले त्यसपछि नेपाललाई चिनाउने मौलिक संस्कृतिको खोजी गर्न थाले । विदेशमा आफुले भोगेको नैराश्यताबाट पाठ सिक्दै उनले आफ्नो प्रस्तुतिमा लोपोन्मुख लाखे नाच, धिमेबाजा, झाक्री नाच जस्ता नेपाली मौलिकता घुसाउन थाले ।

मनमगनमा ‘कल्ले देला धन मलाई कल्ले देला मन’ बोलको गीतमा प्रयोग गरेको नेपाल भाषामा आधारित कला र संस्कृतिलाई समावेश गरेपछि त दिपकको सांगीतिक उचाई एक्कासी धेरै माथि पुग्यो । मन मगनले आफुलाई धेरै उर्जा थपेको बज्राचार्यले खबरकुरालाई बताए । राष्ट्र गानमा समेत नयाँ प्रस्तुति दिने गरि अघि बढेको उनले बताए ।

 

उनीसहित ४ जना कोर टिम सहित संगीत सिर्जना गर्ने गरेका दिपक सांगीतिक प्रस्तुतिमा निस्कँदा भने १३ जना सदस्य लिएर हिँड्ने गर्दछन । नेपाली पप र आधुनिक संगीतमा नेपालीपन् नहुँदा नेपालीमाझ लोकप्रिय बनेपनि विदेश जाँदा मौलिकताको अभावमा आलोचना खेप्नु परेको बज्राचार्यको तितो अनुभव छ । अमेरिका शो देखाउन गएको बेला त्यहाका श्रोताहरुले कार्यक्रम सकिएपछि दिएको प्रतिक्रियाबाट गितसंगीतमा नयापन ल्याउन प्रेरणा मिलेको उनि बताउछन । उनको सांगीतिक प्रस्तुतिमा अमेरिकामा बजाउने बाजाहरु नै नेपालमा पनि बज्ने गरेको र अमेरिकनबीच नयाँपन दिन नसकेको अमेरिकी दर्शकको प्रतिक्रियापछि आफ्नो प्रस्तुतिमा नेपालीपन घुसाउने प्रयास थालेको उनले बताए । त्यसपछि भने उनी स्वदेश फर्किएर नेपाली परम्परागत बाजा र गीतको सिर्जनामा लागे ।

 

दिपकको प्रस्तुतिमा नेवारी परम्परा र संस्कृति झाँक्री, लाखे तथा बाजागाजाहरुसमेत उनको गीतसंगीतमा छुट्दैनन । पछिल्लो १२ वर्षदेखि यसरी प्रस्तुति दिन लागेको जनाउँदै दिपकले नेवारी बाजाहरु धिमेबाजा, ढोलकका परिकारहरुलाई प्रचारमा ल्याउन सफल भएको दाबी गर्दछन् । लोपोन्मुख भाषा र संस्कृतिलाई जोगाउने एउटा अभियानमा आफुहरु लागेको उनले बताए । पौराणिक बाजाहरु काठमाडौं केन्द्रित हुँदा पनि आफुहरुमाथि केवल उपत्यका केन्द्रित भएको आरोप लागेको उनी ठान्छन । आफुहरु टिममा बसेर अध्ययन अनुसन्धानका लागि समेत काम गरिरहेको भन्दै उनले यसमा सरकारको विशेष पहल हुनुपर्ने बताउँछन् । संस्कृति जोगाउने काम चुनौति र जिम्मेवारीका रुपमा रहेको उनी मान्दछन ।

 

परम्परागत बाजा र नृत्यपछि उनलाई अब नेपालको परम्परागत खानालाई आफनो प्रस्तुतिमा समावेश गर्ने इच्छा जागेको छ । भक्तपुरको जुजु धौ, काठमाडौंको समयबजी, ललितपुरको कुछिभोयसँगै नेपालका बिभिन्न स्थानमा पाईने परिकारहरुसहित संगीत सिर्जना गर्ने आफ्नो इच्छा भएको बज्राचार्यले बताउँछन ।

बुटवल स्थित झोल मममा भेटिएका बज्राचार्यले खबरकुरासँग कुरा गर्दै अबका प्रस्तुतिहरुमा राजधानी केन्द्रित नभएर नेपालका विभिन्न स्थानमा पाईने कला र संस्कृति समावेश गर्ने तयारी रहेको बताए । टिममा कला संस्कृतिको अन्भेषक, भाषा र संगीतको सर्जक र मौलिकताका विज्ञहरुलाई समेटेको दिपकले बताए ।

दिपकको मन मगन, मायाको डोरीले, ओ अमिरा, काली काली हिस्सी परेकी, मायाको डोरीले, जाउ फर्केर जस्ता दर्जनौ गीतहरु लोकप्रिय छन् ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : २० बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता