२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

‘समृद्ध प्रदेश र आत्मनिर्भर प्रदेशबासी’को नारा साकार पार्न उद्योग व्यापार मैत्री वातावरण बनाउँछौं : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि प्रदेश सरकारले उद्योग व्यापार मैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्योग व्यापार संगठन तिलोत्तमाको ७ औं साधरण सभा एवं चौथो अधिवशेनको उदघाटन् गर्दै मुख्यमन्त्री केसीले प्रदेशवासीको जीवनलाई समृद्ध बनाउनको लागि उद्योगको तथा व्यापार र क्षेत्रको महत्पूर्ण योगदान आवश्यक रहेको बताए । सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढेको बताउँदै उनले प्रदेशमा लगानी मैत्री वातवरण बनाउन सरकार प्रतिवद्धत रहेको भएको बताए ।

उनले सरकारको मुख्य कार्यभार भनेको लगानी मैत्री वातावरणको निर्माण गर्नु रहेको उल्लेख गर्दै प्रदेशबासी जीवनलाई आमूल परिवर्तन गर्नु सरकारको सरकारको पहिलो प्राथमकिता रहेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरणमा ल्याएकोे बजेट उद्योग मैत्री रहेको दाबी गर्दै सबै उद्योग व्यावसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनलेले राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र सिङ्गो नेपाल अब विस्तारै समृद्धि र सहजतातिर अगाडि बढेको सपष्ट पारे ।

कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत महसुल, राजश्वमा छुट दिन सकिने बताउँदै उनले सरकारले प्रदेश बैंक स्थापना गरि नयाँ नमूना कार्य गर्ने र जनताको रोजगार र उपचार शिक्षालाई पहिलो प्राथमिकता दिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ४९ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा