२५ माघ २०८२, आइतबार | February 8, 2026

लगानी बोर्डद्वारा अरुण तेस्रो र जुमखोलाका लागि ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत



काठमाडौं । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको ४८ औँ बैठकले अरुण तेस्रो र जुम खोलाको लागि ७३ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । अरुण तेस्रोको लागि ६२.२६ अर्ब रुपैयाँको पूँजीवृद्धि र जुम खोलाको लागि १०.५ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए । लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ । ९०० मेगावाट क्षमताको अरुण तेस्रो संखुवासभामा निमाणाधीन छ ।

यसैगरी बैठकले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

बोर्ड बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको अधिकारीले बताए ।

बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपतको योजनासहित अघि बढाउनुपर्ने विषयमा छलफल भएको सहप्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ४७ बजे

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका

टी-२० विश्वकप : भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात

काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ