२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

पच्चीस हजार सवारीसाधन बाहिरिए



काठमाडौं । नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौंबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसाधनको सङ्ख्या र यात्रु सिट क्षमताका आधारमा यत्तिको सङ्ख्यामा यात्रु बाहिरएको जानकारी दिए ।

सो सङ्ख्या क्रमशः बढ्ने देखिन्छ । विभिन्न नाकाबाट तीन दिनमा जम्मा एक लाख व्यक्ति भित्रिएका छन् । त्यस्तै, २० हजार सवारीले प्रवेश गरेका छन् । उनका अनुसार भित्रिनेभन्दा बाहिरिनेको सङ्ख्या दोब्बर पुगेको छ । सवारीसाधनको सङ्ख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन् । असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन् ।

त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०र२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ०३ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको