४ पुस २०८२, शुक्रबार | December 20, 2025

घटस्थापनापछि काठमाडौं छाड्ने ह्वात्तै बढे, तीन दिनमै दुई लाख गाउँ फर्किए



काठमाडौं । दैनिक आधा लाख यात्रुले स्थलमार्गबाट काठमाडौं उपत्यका छाड्न थालेका छन् । घटस्थापनासँगै उपत्यका छाडेर जिल्ला र गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यकाको नागढुंगा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिसहितका नाकाबाट शनिबार मात्रै ६० हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

घटस्थापना अर्थात् २१ असोजमा ४५ हजारले उपत्यका छाडेकामा त्यसको भोलिपल्ट २२ असोजमा यो संख्या बढेर ५१ हजार नाघेको थियो ।

आज पनि बिहानैदेखि उपत्यकाबाट बाहिरिने सवारीसाधनको लाम लागेको छ । तर, नागढुंगा र जगाती नाकामा लामो जाम छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार १ असोज यता सात लाख यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । ‘घटस्थापनासम्म उपत्यका छाड्नेको संख्या खासै थिएन, त्यसपछि बढेको हो,’ महासंघका महासचिव सरोज सिटौलाले भने,‘ फूलपाती र अष्टमीमा यात्रुको चाप अझ बढ्छ ।’

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको