३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

मन्त्री हमालको राजीनामा स्वीकृत



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेका छन् ।

मन्त्री बनाएकोमा निकै आलोचित भएपछि हमालले आजबिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई राजीनामा बुझाएका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्दा दुई दिनअघि शुक्रबार मात्रै हमाललाई देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद्मा आफ्नो भाग खोजेको र सो भागमा आफ्नै जेठान हमाललाई नियुक्त गर्न दबाब दिएको भन्दै प्रधान्यायाधीसको चर्को आलोचना भएको थियो । सत्तारुढ दलकै नेताहरु, विपक्षी दल, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु लगायत सबैतिरबाट आलोचना बढेपछि हमालले राजीनामा दिएका हुन् ।

हमालले राजीनामा पत्रमा आफ्नो नियुक्तिलाई विभिन्न संचारमाध्यमहरुले अन्यायपूर्वक अनेत्र जोडेर समाचा सम्प्रेषित गरेको जनाएका छन् । उनले आफुले वर्षौदेखि लोकतन्त्र, विधिको शासन र राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाईंको समेत अबमूल्यन भएको जिकिर गरेका छन् । हमालले भनेका छन्, ‘…तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’
बाँकेका हमाल हाल कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी यसअघि नेपाली कांग्रेसको बाँके जिल्ला सभापति बनेका थिए ।

 

 

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : १८ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम