२१ असार २०८३, आइतबार | July 5, 2026

मन्त्री हमालको राजीनामा स्वीकृत



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेका छन् ।

मन्त्री बनाएकोमा निकै आलोचित भएपछि हमालले आजबिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई राजीनामा बुझाएका थिए ।

मन्त्रिपरिषद् विस्तार गर्दा दुई दिनअघि शुक्रबार मात्रै हमाललाई देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेकी थिइन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद्मा आफ्नो भाग खोजेको र सो भागमा आफ्नै जेठान हमाललाई नियुक्त गर्न दबाब दिएको भन्दै प्रधान्यायाधीसको चर्को आलोचना भएको थियो । सत्तारुढ दलकै नेताहरु, विपक्षी दल, पूर्वन्यायाधीसहरु, कानूनव्यवसायीहरु लगायत सबैतिरबाट आलोचना बढेपछि हमालले राजीनामा दिएका हुन् ।

हमालले राजीनामा पत्रमा आफ्नो नियुक्तिलाई विभिन्न संचारमाध्यमहरुले अन्यायपूर्वक अनेत्र जोडेर समाचा सम्प्रेषित गरेको जनाएका छन् । उनले आफुले वर्षौदेखि लोकतन्त्र, विधिको शासन र राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाईंको समेत अबमूल्यन भएको जिकिर गरेका छन् । हमालले भनेका छन्, ‘…तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’
बाँकेका हमाल हाल कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी यसअघि नेपाली कांग्रेसको बाँके जिल्ला सभापति बनेका थिए ।

 

 

 

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : १८ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर